Rule 150A
शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रीय समिति
(१) संस्थागत विद्यालयको शुल्क तथा छात्रवृत्ति व्यवस्थापन सम्बन्धमा नीति निर्माण गर्न, यस्ता विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न तथा निर्धारित शुल्कको अनुगमन गरी मन्त्रालयलाई राय सुझाव दिने काम समेतको लागि देहाय बमोजिमको एक शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रीय समिति रहनेछः–
(क) महानिर्देशक – संयोजक
(ख) विभागको संस्थागत विद्यालय हेर्ने निर्देशक – सदस्य
(ग) विभागको योजना तथा अनुगमन महाशाखा हेर्ने निर्देशक – सदस्य
(घ) निर्देशकहरु मध्येबाट विभागले मनोनीत गरेको एकजना – सदस्य
(ङ) मन्त्रालयको विद्यालय शिक्षा शाखाको उपसचिव – सदस्य
(च) मन्त्रालयको ऐन नियम परामर्श शाखाका उपसचिव – सदस्य
(छ) अभिभावक–संघ नेपालको अध्यक्ष वा प्रतिनिधि एकजना – सदस्य
(ज) राष्ट्रिय अभिभावक–संघको अध्यक्ष वा प्रतिनिधि एकजना – सदस्य
(झ) निजी तथा आवासिय विद्यालय संगठनको अध्यक्ष वा प्रतिनिधि एकजना –सदस्य
(ञ) राष्ट्रिय निजी तथा आवासिय विद्यालय संगठनको अध्यक्ष वा प्रतिनिधि एकजना –सदस्य
(ट) गुठीको रुपमा सञ्चालित संस्थागत विद्यालयका शिक्षकहरु मध्येबाट विभागद्वारा मनोनीत एकजना – सदस्य
(ठ) जिल्ला शिक्षा अधिकारीहरु मध्येबाट विभागद्वारा मनोनीत एकजना – सदस्य
(ड) विभागबाट मनोनीत शिक्षाविद् दुईजना – सदस्य
(ढ) महानिर्देशकले तोकेको विभागको उपनिर्देशक –सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
(३) उपनियम (१) बमोजिमको समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।